नियम ५
निगरानी कक्षमा राख्ने अनुमति लिने
: (१) अनुसन्धान अधिकारीले कसूरजन्य कार्यको आरोपमा नियन्त्रणमा लिईएको बालबालिकालाई ऐनको दफा २१ को उपदफा (७) बमोजिम निगरानी कक्षमा राख्ने अनुमतिको लागि बाल अदालत समक्ष निवेदन दिँदा अनुसूची-३ बमोजिमको ढाँचामा दिनु पर्नेछ । (२) उपनियम (१) बमोजिम प्राप्त निवेदन: उपर जाँचबुझ गर्दा बाल अदालतले त्यस्तो बालबालिकालाई निगरानी कक्षमा राख्ने अनुमति दिने गरी अनुसूची-४ बमोजिमको ढाँचामा वा निगरानी कक्षमा राख्न उपयुक्त नदेखिएमा ऐनको दफा २१ को उपदफा (५) बमोजिम निजको बाबु, आमा, परिवारको अन्य सदस्य, संरक्षक, संस्था वा बालसुधार गृहको जिम्मा लगाउने गरी अनुसूची-५ बमोजिमको ढाँचामा आदेश गर्न सक्नेछ ।